कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सर्वसहमतिले पारित भएको छ।
कर्णाली प्रदेश सभाको शुक्रबार बसेको बैठकले बजेट सर्वसहमतिले पारित गरेको हो।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४१ को उपनियम १२ बमोजिम विनियोजन तथा आर्थिक विधेयकसहित आव २०८३/८४ को समग्र बजेट पारित गरियोस् भनी सभामा प्रस्ताव गरे।
सभामुखले सभाका सदस्यहरूको ध्वनि मतका आधारमा आव २०८३/८४ बजेट सर्वसहमतिले पारित भएको घोषणा गरे।
अब सभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो ३ः०० बजे बस्नेछ।
प्रकाशित: १९ असार २०८३ १७:५६ शुक्रबार



