राजनीति

कार्की आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक होस् : सचिन तिमल्सेना

नेपाली कांग्रेसका नेता सचिन तिमल्सेनाले यथाशीघ्र कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। 

सामाजिक सञ्जालमार्फत उनले जेनजी आन्दोलनको प्रमुख मागमध्ये एक पारदर्शिता पनि भएको उल्लेख गर्दै यस्तो माग गरेका हुन्।

उनले लेखेका छन्, ‘भदौ २३ को बर्बरता र २४ को विध्वंसको पूर्ण जानकारीको हक नेपाली जनतालाई छ। हरेक नेपालीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पढेर सत्यतथ्य बुझ्ने अधिकार राख्छन्।’

आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको भए पनि सरकार सार्वजनिक गर्ने पक्षमा देखिएको छैन। कार्की सरकार २१ फागुनको निर्वाचनपछि बन्न लागेको रास्वपा नेतृत्वको सरकारलाई जिम्मा लगाएर पन्छिन खोजिरहेको छ। 

निरन्तरको दबाबपछि पनि सरकारले आयोगको प्रतिवेदन जारी गर्न आनाकानी गरेको हो।

प्रकाशित: १० चैत्र २०८२ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App