राजनीति

झाँक्रीले गरिन् आत्मालोचना, पार्टीले दियो माफी

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आत्मालोचना गरेकी छन्। शुक्रबार (आज) बसेको सचिवालय बैठकमा झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिव्यक्तिको सन्दर्भमा आत्मालोचना गरेकी हुन्।

पार्टी प्रवक्ता प्रकाश ज्वालाले दिएको जानकारीअनुसार झाँक्रीले पुन: यस्तो अभिव्यक्ति नदिने प्रतिबद्धतासमेत जनाएकी छन्। यसअघि झाँक्रीले रुपन्देहीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालका विरुद्धमा अमर्यादित शब्द प्रयोग गरेकी हुन्।

आत्मालोचना गरेपछि पार्टीले उनलाई माफी दिएको छ। 

प्रकाशित: ३० श्रावण २०८२ १७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App