राजनीति

कांग्रेसको आन्तरिक अलमल लोकतन्त्रका लागि घातक : विश्लेषक खनाल

राजनीतिक विश्लेषक मुमाराम खनालले वर्तमान अवस्थामा नेपाली कांग्रेसभित्र देखिएको अलमल र आन्तरिक द्वन्द्व लोकतन्त्रकै लागि घातक हुन सक्ने बताएका छन्। 

उनले पछिल्लो समय पार्टीभित्र देखिएको दुई धार गगनकुमार थापा नेतृत्वको पुनर्संरचना उन्मुख समूह र शेरबहादुर देउवा केन्द्रित यथास्थितिवादी समूहले आ–आफ्नो राजनीतिक भविष्य स्वतन्त्र रूपमा निर्धारण गर्नु बुद्धिमानी हुने बताएका छन्। 

नेपाली कांग्रेस लामो समयसम्म विवाद र अन्योलमा अल्झिरहने अवस्था लोकतान्त्रिक प्रणालीकै लागि नकारात्मक हुन सक्ने भन्दै उनले पुनर्संरचित कांग्रेसले नयाँ दिशा लिन सक्ने सम्भावना रहेको र  यथास्थितिवादी धार भने कमजोर राजनीतिक धरातलमा उभिएको बताएका हुन्।  

‘अब कांग्रेस धेरै विवादको रनभुल्लमा अल्मलिनु लोकतन्त्रका लागि नै घातक हुन्छ, पुनर्संरचनामा गएको पक्ष र यथास्थितिवादी पक्षले आ–आफ्नो बाटो तय गर्नु उपयुक्त हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।  

प्रकाशित: १० चैत्र २०८२ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App