नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू सभापति शेरबहादुर देउवालाई भेट्न निवास बूढानीलकण्ठ पुगेका छन्। उपप्रधानमन्त्री सिंहसहित नेताहरू मंगलबार बूढानीलकण्ठ पुगेर सभापति देउवासँग छलफल गरेका छन्।
कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा पार्टीका सात पूर्वपदाधिकारीबीच सोमबार भएको बैठकले संविधान संशोधनका लागि सुझाव दिएपछि आज देउवा निवास पुगेका हुन्।

बैठकमा वर्तमान सरकार गठन हुँदा कांग्रेस र नेकपा (एमाले) बीच भएको संविधान संशोधनको समझदारीलाई अघि बढाउनुपर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने गरी कांग्रेसले बहस चलाउनुपर्ने विषयमा समेत छलफल भएको थियो।
बैठकमा उपप्रधानमन्त्री सिंह, नेताहरू सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, डा शशाङ्क कोइराला र डा प्रकाशशरण महत उपस्थित थिए।
प्रकाशित: ६ श्रावण २०८२ ११:५६ मंगलबार



