राजनीति

सुनसरीमा रास्वपा उम्मेदवारलाई उछिन्दै हर्कले लिए अग्रता

सुनसरी क्षेत्र नम्बर-१ को मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन्।

प्रारम्भिक चरणदेखि नै लगातार पछाडि परेका साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई उछिनेर पहिलो स्थान बनाएका हुन्।

पछिल्लो मतपरिणाम अनुसार साम्पाङले ३ हजार ३ सय ४७ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा झरेकी रास्वपा उम्मेदवार तामाङले ३ हजार ६२ मत ल्याएकी छन्।

यस निर्वाचन क्षेत्रमा पुराना राजनीतिक दलहरूको अवस्था भने निकै कमजोर देखिएको छ। तेस्रो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सूर्यबहादुर भट्टराईले जम्मा ७ सय ९२ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ६ सय ५४ र नेकपा एमालेका उम्मेदवार टीकाराम लिम्बुले ५ सय १५ मत मात्र ल्याउन सकेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App