राजनीति

ज्ञानेन्द्र शाही प्रतिनिधिसभा निर्वाचनका लागि ६ क्षेत्रबाट सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई देशभरका ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

राप्रपाको केन्द्रीय समितिको निर्णयअनुसार शाहीलाई जुम्ला, ललितपुर–१, भक्तपुर–१, रुपन्देही–२, सुर्खेत–२ र कञ्चनपुर–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।

पार्टी नेतृत्वका अनुसार शाहीले पछिल्लो समय राष्ट्रियता, भ्रष्टाचारविरुद्धको आन्दोलन, संघीय संरचना खारेजी र संवैधानिक राजसंस्थाको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कारण विभिन्न भूगोलबाट सिफारिस गरिएको हो। पार्टीले उनलाई संगठन सुदृढीकरण र जनआधार विस्तारमा प्रभावशाली नेताका रूपमा लिएको जनाएको छ।

राप्रपाले फागुन २१ को निर्वाचनलाई निर्णायक मान्दै देशभर रणनीतिक रूपमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको बताएको छ। पार्टी स्रोतका अनुसार अन्तिम उम्मेदवार टुंगो लगाउने निर्णय भने आगामी केन्द्रीय बैठकबाट हुने छ।

ज्ञानेन्द्र शाही सिफारिस भएका क्षेत्रहरूमा संगठन विस्तार र जनसम्पर्क अभियान तीव्र बनाउने तयारीमा राप्रपा जुटेको छ।

प्रकाशित: ९ पुस २०८२ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App