राजनीति

प्रतिनिधिसभामा सरकारद्वारा तीन विधेयक प्रस्तुत

सरकारले प्रतिनिधिसभामा तीनवटा विषयगत विधेयकहरू पेस गरेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बन्धित मन्त्रीहरूले आ-आफ्ना मन्त्रालयसँग जोडिएका विधेयकहरू प्रस्तुत गरेका हुन्।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ पेस गरिन्।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले संशोधन विधेयकमार्फत विवाद समाधानका लागि नियुक्त हुने मेलमिलापकर्ताको संख्यासम्बन्धी व्यवस्थालाई सरलीकृत गरी प्रक्रियालाई थप सहज बनाइने बताइन्।

उनले मेलमिलाप समन्वय समितिको संरचनालाई प्रदेश र जिल्ला स्तरमा विस्तार गर्दै ’प्रदेश मेलमिलाप समन्वय समिति’ र ’जिल्ला मेलमिलाप समन्वय समिति’ गठन गरिने जानकारी दिइन्।

यस्तै बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।

प्रकाशित: २५ श्रावण २०८३ १६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App