राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईँलाई बिनासर्त रिहा गर्न माग गरेको छ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रसाईँलाई पटके पक्राउ गरेर सरकारले चटक देखाइरहेको बताएका छन्। उनले एक जना व्यक्तिमाथि राज्यले साँधेको प्रतिशोध एवं लोकतन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताका गफ चुट्नेहरूको पक्षपातपूर्ण व्यवहार भएको बताए।
'दुर्गा प्रसाईँलाई पटके पक्राउ गरेर सरकारले चटक देखाइरहेको छ। एकजना व्यक्तिमाथि राज्यले सॅाधेको प्रतिशोध एवं लोकतन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताका गफ चुट्नेहरुको पक्षपातपूर्ण व्यवहार देखेर लाज नै लजाइसक्यो तर यिनलाई लज्जाबोध छैन,' उनले सामाजिक सञ्जालमा लेखे, 'सरकार! अति भो! प्रसाईँलाई बिनासर्त रिहा गर'
प्रकाशित: १७ फाल्गुन २०८२ ११:२९ आइतबार



