नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले राजनीतिमा सामन्तवाद जब्बर जरा गाडेर बसेको बताएका छन्। उनले ग्रामीण राजनीतिमा नारदवाद र सहरी राजनीतिमा पेटीबुर्जुवा पुच्छवाद बलशाली भएको बताए।
‘सामन्त त टुकी बालेर खोज्दा पनि नभेटिएलान् अब, तर राजनीतिमा सामन्तवाद जब्बर जरा गाडेर बसेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अझ समाज र व्यक्तिमा त सामन्तवादले निर्धक्क शासन चलाएकै छ।’
त्यस्तै उनले ग्रामीण राजनीतिमा नारदवाद र सहरी राजनीतिमा पेटीबुर्जुवा पुच्छरवाद बलशाली भएकाले पुँजीवादको प्रगतिशील विकास पनि अवरुद्ध भएको बताए।
प्रकाशित: १३ भाद्र २०८२ ०७:१० शुक्रबार


