नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जेनजी आन्दोलनपछि जेनजीले प्रधानमन्त्री चयन गर्दा उमेरभन्दा योग्यतालाई प्राथमिकता दिएको बताएका छन्।
रौतहटमा मतदातासगँ कुरा गर्दै उनले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा पनि ज्येष्ठ व्यक्ति नै प्रधानमन्त्री बनेको भन्दै जेन जीहरुले राम्रो मान्छे खोजेका कारण उमेर नहेरेको बताएका छन् ।
उनले उमेरकै आधारमा नेतृत्व चयन गर्ने हो भने २० वर्षका युवालाई देशको जिम्मा दिनुपर्ने तर्क उठ्ने भन्दै त्यसले स्थायित्व नदिने बताए । साथै उनले बंगंलादेश र र श्रीलंकाको उदाहरण दिँदै हावाहुरीको राजनीतिमा नअडिन बताए । स्थापित राजनीतिक दललाई छाडेर बीचको हावाहुरीलाई पत्याउनु नहुने उनको तर्क थियो ।
नेपालले आफू र पुष्पकमल दाहालबीच सक्रिय राजनीतिबाट क्रमशः कार्यकारी जिम्मेवारी छाड्दै नयाँ पुस्तालाई अवसर दिनेबारे पहिले नै छलफल भएको समेत बताएका छन् ।
प्रकाशित: ११ फाल्गुन २०८२ १६:१९ सोमबार



