राजनीति

मधेसका आठ जिल्ला अध्यक्ष लिङ्देनको पक्षमा, लिङ्देन भन्छन्: उत्साहित छु

मधेस प्रदेशका आठ जिल्लाका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन जनाएका छन्। लिङ्देनलाई अर्को एक कार्यकालका लागि पार्टी अध्यक्ष बनाउनुपर्ने धारणा राख्दै उनीहरू वीरगञ्जमा आयोजित भेलामा सहभागी भएका हुन्।

खुस्बु ओली नेतृत्वको युवा टोलीले गरेको चारदिने मधेस यात्राको समापन आज वीरगञ्जमा भएको छ। सप्तरीबाट सुरु भएको टोलीको यात्रा सिरहा, महोत्तरी, धनुषा, सर्लाही, रौतहट र बाराका विभिन्न स्थान हुँदै पर्सामा सकिएको हो।

समापन कार्यक्रममा पार्टी अध्यक्ष लिङ्देन स्वयं सहभागी भएका थिए। भेलामा मधेस प्रदेशका आठै जिल्लाका अध्यक्ष तथा लिङ्देन समर्थकहरूको उपस्थिति उत्साजनक रहेको राप्रपाको दाबी छ।

भेलामा सहभागी नेताहरूले लिङ्देनलाई अर्को एक कार्यकालका लागि अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन्। मधेस प्रदेशका जिल्ला अध्यक्षहरूको समर्थनलाई लिङ्देनको नेतृत्वप्रतिको ऐक्यबद्धताका रूपमा प्रस्तुत गरिएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले तराई–मधेसबाट प्राप्त समर्थनले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन्। उनले मधेस क्षेत्रका नेता तथा कार्यकर्ताको साथ र समर्थनप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित: ४ मंसिर २०८३ १७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App