राजनीतिक विश्लेषक सुबोधराज प्याकुरेलले जेन–जी आन्दोलनका क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको भुमिका पनि शंकास्पद् रहेको टिप्पणी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै प्याकुरेलले शंका व्यक्त गरेका हुन्।
‘आन्दोलनकारीले मानेको एकमात्र नेता बालेन हो। महानगरपालिकालाई बालेन भनिन्छ,’ प्याकुरेलले भने, ‘अनि महानगरपालिकाको दमकल आउनै नसक्ने हो र? किन नसक्ने?’
यदि आउन नसक्ने हो भने पनि पठाउने प्रयास गर्नुपर्ने उनले बताए। ‘ताकि भन्न त पाइयोस् पठाउन खोजेको थिए सकिएन भने। कोसिस त देखिनुपथ्र्यो,’ उनले भने, ‘त्रिकालदर्शी ज्योतिषि हो र जान सक्दैन भनेर दमकल रोक्ने। दमकल जस्तो कुरा सक्छु कि सक्दैन भनेर रोक्ने?’
प्रकाशित: २२ आश्विन २०८२ १९:५४ बुधबार



