राजनीति

विकासशील मुलुकको ​लक्ष्य ६ वर्ष पछाडि धकेलियो

विश्वमा बढ्दै गएको द्वन्द्व र त्यसका कारण नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रम स्थगित गरेको छ।  

​परराष्ट्र मन्त्रालयका अनुसार विद्यमान प्रतिकूल परिस्थितिका कारण स्तरोन्नति प्रक्रिया हालका लागि अगाडि नबढाउने निर्णय भएको हो।  

​नेपालले यसअघि सन् २०२४ को नोभेम्बरसम्ममा विकासशील देशको सूचीमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो । तर आन्तरिक तथा बाह्य आर्थिक सूचकहरूमा देखिएको प्रतिकूलताका कारण उक्त लक्ष्यलाई ६ वर्ष पछाडि धकेल्दै सन् २०३० को नोभेम्बरसम्मका लागि सारेको छ।  

मन्त्रालयका अनुसार मुलुकको वर्तमान आर्थिक अवस्था र विश्वव्यापी परिस्थितिलाई ध्यानमा राखेर यो कदम चालिएको हो।  

प्रकाशित: ८ जेष्ठ २०८३ १५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App