नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई नेपालगन्जमा कार्यकर्ताले स्वागत गरेका छन्। कांग्रेसको संस्थापन इतर पक्षको लुम्बिनी प्रदेश स्तरीय अधिवेशन उद्घाटन गर्न उनी केहीबेर अघि नेपालगन्ज आइपुगेका हुन्।
दाङको भालुवाङमा सोमबार संस्थापत इतर पक्षले १५ औं नियमित महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन गर्दैछ। अधिवेशनको प्रमुख अतिथि समेत रहेका पूर्वप्रधानमन्त्री देउवालाई नेपालगन्ज विमानस्थलमा ठुलो संख्यामा उपस्थित भएका कार्यकर्ताले स्वागत गरेका हुन्।
प्रदेश अधिवेशनमा सहभागी हुन देउवासहित नेताहरू प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधि, एनपी साउद, मोहन बस्नेत लगायत शीर्ष नेताहरू नेपालगन्ज आइपुगेका छन्।
नेपालगन्ज विमानस्थलमा ओर्लिए लगत्तै देउवा दाङको भालुवाङतर्फ प्रस्थान गरेका छन्। संस्थापन इतर पक्षको प्रदेश अधिवेशनले सोमबार नै नयाँ प्रदेश नेतृत्व चयन गर्ने बताइएको छ। उक्त पक्षले वडादेखी जिल्ला तहको अधिवेशन यसअघि नै सम्पन्न गरिसकेको छ।
प्रकाशित: ७ मंसिर २०८३ १२:३४ सोमबार
-600x400.jpg)

-600x400.jpg)