राजनीति

दाहालको दुखेसो: जनयुद्धलाई अझै आतंककारी गतिविधि भनेर व्याख्या गरिन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा भएको १० वर्षे सशस्त्र संघर्षलाई अझैँ पनि आतंककारी गतिविधि भनेर व्याख्या गरिने गरेको भन्दै दुखेसो पोखेका छन्। बुधबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो दुखेसो गरेका हुन्।

‘जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ,’ दाहालले भने, ‘तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रूपान्तरणको मुख्य वाहक हो भन्ने कुरा सबै दल र समाजले आत्मसात् गर्न आवश्यक छ ।’

दाहालले नेपालमा माओवादीको सशस्त्र संघर्ष विश्वका कम्युनिस्ट नेताहरू मार्क्स, एंगेल्स, लेनिन र माओका दस्ताबेज पढेर मात्रै नगरिएको दाबी गरे।  ‘हाम्रो संघर्ष नेपालकै संघर्षका नायकहरू लखन थापादेखि भीमदत्त पन्त, झापा विद्रोहदेखि किसान संघर्षहरूसम्मको इतिहास अध्ययन गरेर नै रणनीति तयार भएको थियो,’ दाहालले अगाडि भने। 

यही कारण माओवादीले भन्ने गरेको जनयुद्ध सिंगो राज्य शक्ति र अन्तर्राष्ट्रिय शक्तिको दबाबमा पनि नदबिएको दाबी गरे। 

प्रकाशित: ११ भाद्र २०८२ १५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App