भक्तपुरका जिल्लाका सवैतिर स्थानीयले प्रशाशनले लगाएको निशेधाज्ञाको उल्लंघन भएको देखिएको छ । यहाँं जताततै स्वतस्फुर्त रुपमा जुलुश प्रदर्शन भइरहेका छन् । भक्तपुरमा भने अहिलेसम्म जुलुश शान्तिपूर्ण देखिएको छ ।
भक्तपुर सहरको मुख्य केन्द्र सुकुलढोको जुलुश भएको छ । साथै सूर्यविनायक चोकमा पनि मानिसहरु स्वतस्फुर्ट भेला भई प्रर्दशन भइरहेका छन् ।
जिल्ला प्रशाशन कार्यालय भक्तपुरले विहान साढे ८ बजेदेखि कर्फ्यु जारी गरेको थियो । तर त्यसको परबाह नगरी जताततै जुलुश भइरहेको छ ।
अरनिको राजमार्गको जडिबुटीदेखि साँंगासम्म कर्फ्यु चलिरहेको छ तर सवैतिर वेवास्ता भइरहेको अवस्था हो । भक्तपुरका चार वटै नगरपालिकाहरुमा कफ्र्यु जारी छ तर सवैतिर उल्लंघन भइरहेको देखिएको छ । विशेष गरेर प्रधानमन्त्रीको आवास क्षेत्र बालकोटलाई विशेष ध्यान दिएर निशेधाज्ञा जारी भएको देखिएको छ ।
प्रकाशित: २४ भाद्र २०८२ ११:०९ मंगलबार



