राजनीति

कांग्रेस बैठकः माघसम्म म्याद थप, पुसमा महाधिवेशन(यस्तो छ कार्यतालिका)

नेपाली कांग्रेसको केन्द्रीय समितिले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका पारित गरेको हो।

यस्तो छ पारित कार्यतालिका  

जन–सम्पर्क समिति अधिवेशन– पुस १५ गते  

वडा अधिवेशन–पुस १६ गते  

पालिका अधिवेशन– पुस १७ गते

प्रदेश सभा क्षेत्रीय अधिवेशन–पुस १९ गते

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन–पुस २१ गते  

एक भन्दा बढी क्षेत्र भएका जिल्लाको क्षेत्रीय र जिल्ला अधिवेशन–पुस २२ गते  

प्रदेश अधिवेशन–पुस २३ र २४ गते  

केन्द्रीय महाविधेशन– २६ देखि २८ गते  

यस्तै केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसमितिको कार्यकालको म्याद माघसम्म थप गर्ने निर्णय गरेको छ।  

यस्तै बैठकले क्रियाशील सदस्यता व्यवस्थापन र विधान मस्यौदा सम्बन्धी दुई वटा समिति पनि गठन गर्ने निर्णय गरेको छ। 

प्रकाशित: १५ मंसिर २०८२ १५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App