राजनीति

रास्वपाका ढकाललाई बधाई दिँदै ज्ञवालीले भने : यस्तो परिणामको अपेक्षा थिएन

एमाले नेता प्रदिप ज्ञवलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सागर ढकाललाई बधाई तथा शुभकामना दिएका छन् । गुल्मी-१ मा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका ज्ञवालीले आफू पराजित हुने भएपछि ढकाललाई अग्रीम बधाई दिएका हुन् ।  

'गुल्मी-१ को मतगणना उत्तरार्धतिर पुग्दैछ। विजयोन्मुख सागर ढकाल र रास्वपालाई अग्रीम बधाई।', सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्। 

नेता ज्ञवालीले शान्तिपूर्ण र स्वस्थ निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी लगायत सबै सुरक्षा निकाय र कर्मचारीलाई धन्यवाद पनि दिए। 

ज्ञवालीले हार स्वीकार गरेपनि यस्तो परिणामको अपेक्षा नगरेको बताए । 'यस्तो परिणामको अपेक्षा थिएन। तर लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुन्छ। त्यसैले जनादेशप्रति सम्मान छ।', उनले भने। 

प्रकाशित: २३ फाल्गुन २०८२ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App