राजनीति

पीडित व्यापारीको ब्याज मिनाहा गर्न मुख्यमन्त्री बानियाँको माग

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिन आग्रह गरेका छन्।

मकवानपुर उद्योग वाणिज्य सङ्घको ५९ औं वार्षिकोत्सवको आज हेटौंडामा उद्घाटन गर्दै उनले हेटौंडामा सडक विस्तारका लागि संरचना भत्काउँदा पीडित व्यापारी भएका व्यापारीको बैङ्कको ब्याज मिनाहा गर्न सङ्घीय सरकारले पहल गर्नुपर्ने बताएका हुन्।

व्यापारीहरुले प्रदेश सरकारलाई बुझाउँदै आएको करमा सहजीकरण गर्न सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री बानियाँले पीडित व्यवसायीहरुलाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

व्यापारमा इमानदारिता, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी आवश्यक रहेको बताउँदै मुख्यमन्त्री बानियाँले व्यापारमा बेइमानी भए राज्यले अङ्कुश लगाउन सक्ने अवस्था आउन सक्ने बताए।

हेटौंडा बजारमा कम क्षति हुने गरी मुख्य सडक विस्तार गर्नुपर्ने जोड दिँदै उनले लच्का पुलदेखि राप्ती पुलसम्म बाइपास बनाउन सङ्घीय सरकारले निर्णय गरे प्रदेश सरकारले आवश्यक बजेट छुट्याउन तयार रहेको बताए। 

प्रकाशित: २१ चैत्र २०८२ १९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App