राजनीति

‘बिचौलियाहरू एमालेको केन्द्रीय तहमै छन् भने पनि पार्टी सदस्यता निलम्बन गर्नुपर्छ’

समिक बडाल। तस्बिर: समिक बडालको फेसबूक।

अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले बिचौलियाहरू नेकपा (एमाले) को केन्द्रीय तहमै भए पनि उनीहरूका पार्टी सदस्यता निलम्बन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

‘लु यो भएन, मन्त्री पद ठूलो होइन। मुख्य कुरो निष्टा र आदर्श हो। बिचौलियाहरू एमालेको केन्द्रीय तहमै छन् भने पनि पार्टी सदस्यता निलम्बन गर्नुपर्छ,’ बडालले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

त्यसो त एमालेका मन्त्रीहरू घुस ‘डिल’ प्रकरणमा तानिइरहेका छन्। एमालेकै कोटाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजकुमार गुप्ताले मङ्गलबार मात्रै पदबाट राजीनामा दिएका छन् भने एमालेकै कोटाबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पनि ३२ लाख लिएको अडिओ बाहिरिएको छ।

यसैका प्रति लक्षित गर्दै बडालले यस्तो प्रस्ताव अगाडि सारेका हुन्।

यो पनि पढ्नुहोस्

मन्त्री अधिकारीको ३२ लाख घुस लिएको अडिओ बाहिरियो

प्रकाशित: १ श्रावण २०८२ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App