राजनीति

युरोप दिवस २०२२ः शक्तिले सत्य निर्धारण गर्न सक्दैन्

युक्रेनमा भएको रसियाको आक्रमकताले युरोपको शान्ति  र स्थायीत्व मात्र नभई विश्व शान्तिको मापदण्डमाथि नै जोखिम सृजना गरेको छ।

युरोपमा युद्ध फर्किएको छ। युगोस्लाभ युद्धको झण्डै ३०  बर्षपछी युरोपीयन राजधानीमा फेरी नागरिक रक्षाको साईरन बजेको छ। युरोप युक्रेन विरुद्ध रुसको सैन्य आक्रमणको भत्र्सना गर्दछ। युक्रेनविरुद्ध अन्यायपूर्ण र औचित्यहीन आक्रमण गरेर रुसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लघंन  गरेको छ। 

यस कार्यले युरोपीयन मात्र नभई विश्वव्यापी सुरक्षा र स्थिरतालाई अवमुल्यन गरेको छ। हालसम्म अन्तर्राष्ट्रिय समुदायले तीन पटक संयुक्त राष्ट्रसंघ  महासभामार्फत रुसले युक्रेनमाथि गरेको अतिक्रमणलाई नकारेको छ। यो अतिक्रमण संयुक्त राष्ट्रसंघीय  बडापत्रमा प्रतिबिम्बित अन्तर्राष्ट्रिय सहअस्तित्वको मुल मान्यताहरु “सबै राष्ट्रहरुको  समान सार्वभौमसत्ता,द्वन्द्वको  शान्तिपुर्ण समाधान र अन्तर्राष्ट्रिय  सम्बन्धहरुको हकमा शक्ति प्रयोग निषेध” को मान्यता विपरित छ।

हामी युद्धले निम्त्याएको मानवीय क्षती र पीडाको भत्र्सना  गर्दछौं। यसका लागि जिम्मेवारहरुलाई जवाफदेही बनाईने  नै छ। यस सन्दर्भमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले जाँचबुझ आयोग गठन गर्नु स्वागतयोग्य छ र  यसलाई हामी स्विकार गर्दछौं। यसका साथै अन्तर्राष्ट्रिय  फौजदारी अदालतका अभियोजक (प्रोसेक्युटर)ले शुरु  गरेका अनुसन्धान प्रकृयालाई पनि हामी स्वागतका साथ  पुर्ण समर्थन गर्दछौं।

हामी अदालतले यही मार्च १६ मा  रसियालाई युक्रेनको भुमीबाट तत्काल र बिना शर्त  सबै सैन्य दस्ता र सामग्री फिर्ता गर्न दिएको आदेशलाई  पुनस्र्मरण गर्नेछौ। युरोपियन युनियन युक्रेन र त्यहाँका जनताको पक्षमा दृढ  रुपमा उभिन्छ। युक्रेनमा भएको रसियाको आक्रमकताले  युरोपको शान्ति र स्थायीत्व मात्र नभई विश्व शान्तिका  मापदण्डमाथि नै जोखिम सृजना गरेको छ। युरोप र विश्वकै लागि यो सत्यको पक्ष लिने समय  हो। युक्रेनमा रुसको आक्रमकता विधीको शासन र बन्दुकको शासनबीचको भिडन्त हो। लोकतन्त्र र अधिनायकबादबीचको भिडन्त हो। र विधीमा आधारित  शासन र नाङ्गो रुपमा हस्तक्षेपमा उत्रिएकाहरुको बीचको  भिडन्त हो।

यो अवस्थाले गर्दा संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित  अन्तर्राष्ट्रिय तथा विश्व मापदण्ड नै जोखिममा परेको छ। सन् १९४५ मा सहमती भएको संयुक्त राष्ट्रसंघको उद्देश्यहरु  स्पष्ट थिए र छन्ः आउँदै गरेका पुस्ताहरुलाई युद्धको श्रापबाट जोगाउने, आधारभूत मानवअधिकारको पक्षमा  विश्वास पुनर्जागृत गराउने, व्यक्तिको आत्मसम्मान र मुल्यलाई पुनर्जागृत गराउने, महिला र पुरुषको तथा ठुला र  साना सबै देशहरुमा समान अधिकार सुनिश्चित गर्ने। यसले  सामाजिक विकासको प्रबर्धन गर्न र उच्च स्वतन्त्रता सहित  सबैको जीवनस्तर उकास्न मद्धत पुग्छ। शान्ति, मित्रवत्  सम्बन्ध र मानव विकास हामी सबैको साझा विरासत हो,  खासगरी दोस्रो विश्वयुद्धपश्चातको विरासत।

युक्रेन कृषि उत्पादनहरुको प्रमुख उत्पादक पनि हो। विश्वमा गहुँ निर्यात गर्ने पाँचौ ठुलो मुलुक हो । रसियन  सैन्य दस्ताले गरेको घेराबन्दी र खसालेका बमले युक्रेनियन किसानहरुका लागि बिउ छर्न असम्भव बनाएको छ। अझै  रसियाले गहुँले भरिएका पानी जहाजहरुलाई ब्ल्याक सी मा  रोकेको छ। यसको असर विश्वव्यापीरुपमा नै देखिने छ।

इन्धनको बढदो मुल्य र विश्व खाद्य सुरक्षामा देखापरेको  नकारात्मक प्रभावहरु युक्रेनको भुमीमा रुसको आक्रमकता  र सैन्य गतिविधीहरुको परिणाम हुन। युक्रेनविरुद्ध रुसको आक्रमकताले स्थानीय तहमा देखिएका अप्रत्यासीत परिणामहरुसँगै विश्वव्यापी रुपमा हाल  विद्यमान खाद्य संकट थप खस्किने जोखिम रहेको तथ्यमा  हामी संवेदनशील भएका छौ। यसले हाम्रा साझेदार  देशहरुका सबैभन्दा जोखिममा रहेका समुहहरुमा पर्ने असर  विस्तार गर्नेछ। व्यवहारीक रुपमा, विश्वव्यापी न्युन उब्जाउ  दर र न्यून फसल उत्पादनले गेडागुडी र खानेतेलको कच्चा  पदार्थमा उच्च मुल्य कायम हुने र यसको परिणामस्वरुप  उपभोक्तामा महँगीको मार पर्ने संकेत देखिन्छ।

यसले सबैभन्दा जोखिममा रहेकाहरुको खाद्य सुरक्षामा र पशुपालन  र माछाखेतीमा रहेकाहरुको आम्दानीमा प्रभाव पार्छ।  किनभने तिनले दानामा उच्च मुल्य तिर्नुपर्ने हुन्छ। साझेदारहरुसँग मिलेर  युरोपियन युनियनले  आवश्यकतामा रहेका  देशहरुलाई द्धिपक्षीय  सहयोग र विश्व खाद्य  कार्यक्रम, विश्व बैंक  र अन्तर्राष्ट्रिय मुद्रा  कोषको परिचालन  मार्फत सहायता उपलब्ध  गराउँछ। सबै शक्तिहरु एकैठाउँमा उभिएर मात्र जलवायु  परिवर्तन, आर्थिक  विकास, महामारी  विरुद्धको लडाई  तथा अन्तर्राष्ट्रिय  शान्ति र सुरक्षा जस्ता विश्वव्यापी चुनौतीहरु  समाधान गर्न सकिन्छ। यसकारण युरोपियन  युनियन नेपाल जस्ता  साझेदार देशहरुसँग मिलेर निरन्तर बहुपक्षीय मापदण्डको  रक्षा गरिरहन्छ । यस्तो प्रयत्न साझा उदेश्यहरु र अन्तर्राष्ट्रिय  कानुनमा आधारित हुन्छ। हामी दोहोर्याउँछौं, युक्रेनमाथिको रुसको अतिक्रमणको  कुनै औचित्यसिद्ध हुनै सक्दैन। भनिरहन पर्दैन की  रुसको दुष्प्रचार र अफवाह संयन्त्रले भ्रामक कथ्य प्रबर्धन  गर्ने प्रमाणित नै भईसकेको छ।

यस्तो कथ्यमार्फत उनीहरु  अतिक्रमणको औचित्य पुष्टी गर्ने प्रयास गर्दछ। तर  आजको युगमा यस्ता साम्राज्यबादी महत्वाकांक्षाको कुनै  स्थान छैन।  युक्रेनमा भएको यो युद्धसँगै विश्व फेरी अहिलेको  स्वरुपमा कहिले पनि हुने छैन। यो समय विश्वास, न्याय र  स्वतन्त्रतामा आधारित हाम्रो भविष्य निर्माण सुनिश्चित गर्न  समाजहरु र गठबन्धनहरु एकैठाउँमा उभिने समय हो। यो  आवश्यकता अघिपछिको भन्दा अहिले बढी छ। अहिले  सबैले एकजुट भएर बोल्नुपर्ने समय हो। शक्तिले सत्य  निर्धारण गर्न सक्दैन । कहिले पनि गरेको छैन। र कहिले  गर्ने पनि छैन।

पर्टी एन्टीनेन, नेपालका लागि फिनल्याण्डका राजदुत,  जील बोरबाओ, नेपालका लागि फ्रेन्च राजदुत, नोना  डेपरे, नेपालका लागि युरोपियन युनियन राजदुत र  थोमस प्रिन्ज, नेपालका लागि जर्मन राजदुत हुन्।

प्रकाशित: २६ वैशाख २०७९ ०७:०३ सोमबार