प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा प्रारम्भिक विवरण अनुसार ७३.३७ प्रतिशत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल ९८ हजार २५६ मतदाता रहेका मध्ये ७२ हजार ९६ मत खसेको छ।
क्षेत्र अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाका विभिन्न वडाबाट प्राप्त विवरण अनुसार उल्लेखनीय मतदान भएको जनाइएको छ।
सूर्यविनायक नगरपालिकामा वडा नम्बर १ मा ४ हजार ४४२, वडा नम्बर २ मा ४ हजार १७३, वडा नम्बर ३ मा ३ हजार ९, वडा नम्बर ४ मा ५ हजार ११५, वडा नम्बर ५ मा ५ हजार ९८१, वडा नम्बर ६ मा १ हजार ९१३, वडा नम्बर ७ मा ३ हजार ९१९, वडा नम्बर ८ मा ४ हजार १५०, वडा नम्बर ९ मा ३ हजार १७५ र वडा नम्बर १० मा ३ हजार ३८५ मत खसेको छ। यस नगरपालिकामा कुल ३९ हजार २६२ मत खसेको छ।
त्यस्तै मध्यपुर थिमि नगरपालिकामा वडा नम्बर १ मा ३ हजार ७४९, वडा नम्बर २ मा २ हजार ४३४, वडा नम्बर ३ मा ४ हजार १२९, वडा नम्बर ४ मा ४ हजार ८०७, वडा नम्बर ५ मा ४ हजार ७९६, वडा नम्बर ६ मा ३ हजार ३८३, वडा नम्बर ७ मा ३ हजार ६२१, वडा नम्बर ८ मा ३ हजार ५५ र वडा नम्बर ९ मा २ हजार ८६० मत खसेको छ। यहाँ कुल ३२ हजार ८३४ मत खसेको जनाइएको छ।
प्रारम्भिक विवरण अनुसार भक्तपुर–२ मा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकारीहरूले बताएका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १९:३१ बिहीबार