राजनीति

राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की जाने, राष्ट्रपति पौडेललाई गराए जानकारी

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ ।  

भेटमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारण सभामा आफू सहभागी हुन जान लागेको विषय जानकारी गराएका सचिवालयले जनाएको छ ।

प्रकाशित: २९ चैत्र २०८२ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App