राजनीति

सरकारलाई शाहीको चुनौती: देश चलाउँछौँ रे, पहिले जीवी राई पक्रेर देखाऊ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेत ज्ञानेन्द्र शाहीले जीवी राई पक्राउ गर्न नसक्ने सरकारले देश चलाउने गफ गर्न नसुहाउने बताएका छन्। जीवी राई पक्राउ गर्न नसकेको तर्फ व्यंग्य गर्दै उनले पहिला उसलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिए।

‘तीन वटा गृहमन्त्री फेरिँदा पनि सडकमा पसिना चुहाउँदै मकै पोलेर, सागका मुठा बेचेर जम्मा गरेको गरिबको पैसा खाने जीवी राई पक्राउ गर्न सकेनन्,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अझै उनीहरूका ठुला गफ देश चलाउँछौँ रे? जनताले पत्याई दिनु पर्ने रे? तिमिहरूले देश पछि चलाउला पहिले जीवी राई पक्रेर देखाऊ।'

प्रकाशित: १७ असार २०८२ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App