राजनीति

एकएक रुपैयाँ उठाएर पार्टी अफिस बनाइदिन्छु भन्ने पनि आएः प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको पार्टी कार्यालय ‘एक–एक रुपैयाँ उठाएर बनाइदिन्छु’ भन्ने प्रस्ताव आएको बताएका छन्। मंगलबार बनेपामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  

‘अस्ति हाम्रो पार्टी अफिस गएर एक–एक रुपैयाँमा हामी बनाउँछौँ भन्ने पनि निस्किए,’ प्रधानमन्त्री ओलीले भने, ‘एकएक रुपैयाँमा पार्टी अफिस बनाउने रे।’  

एकएक रुपैयाँ दिन्छौँ र पार्टी अफिस बनाउँछौँ भन्नेलाई ‘ल ल्याऊ’ भन्दा वाचाबाट मुक फर्काएको पनि बताए। ‘एक एक रुपैयाँ दिन्छौँ पार्टी अफिस बनाउँछौँ। भरे चन्दा कतिले दिन्छौँ भन्दा एकएक रुपैयाँ कहाँ साटेर ल्याउने ? भन्छन्,’ प्रधानमन्त्री ओलीले भने।  

अहिलेको जमानामा एक रुपैयाँ साँटेर ल्याउन नसक्ने भन्दै नदिने बहाना बनाएको पनि उनले बताए। उनले भने, ‘अहिले जमानामा कहाँ साँटेर ल्याउने भन्छन्, दिँदैनन् त्यो पनि। त्यसर्थ भन्ने एउटा कुरा हो। रियालिटी अर्कै कुरा हो।’  

प्रकाशित: ३० वैशाख २०८२ १६:१३ मंगलबार

#KP Sharma Oli #UML Party Central Office