राजनीति

नेपालको अर्थतन्त्र सकारात्मक लयतर्फ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी संघले आयोजना गरेको वृहत् खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। राष्ट्र बैंकलगायत विभिन्न स्रोतका तथ्यांकहरूले अर्थतन्त्र बिस्तारै सुधारको क्रममा रहेको स्पष्ट पार्ने बताए।

उनले कार्यक्रममा नयाँ बानेश्वर व्यापार व्यवसायी संघले स्थानीय व्यापारीहरूको हितका लागि सक्रिय भूमिका खेलिरहेको उल्लेख गर्दै मन्त्री सिंहले यस्ता अभियानले सामाजिक उत्तरदायित्व निर्वाह गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित: १८ वैशाख २०८२ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App