राजनीति

प्रदीप ज्ञवाली भन्छन्- प्रचण्ड अस्थिरताका पर्याय बन्नुभयो

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई 'अस्थिरताका पर्याय'को संज्ञा दिएका छन्।

बुधबार (आज) 'नागरिक फ्रन्टलाइन'मा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्।

'मलाई नाम लिन मन थिएन तर, दु:खका साथ भन्नुपर्छ। कामरेड प्रचण्ड अस्थिरताका पर्याय बन्नुभयो। उहाँले ०८४ मा नम्बर एक बनेर आउँछौँ भन्दै आउनुभएको छ। त्यस्तै आत्मविश्वास भएको मान्छेलाई सरकार ढलोस् वा बनोस्, केको मतलब होला। हरेक दिन नेपाली कांग्रेसका कतिपय नेताहरूसँग मतलब राख्ने,' उनले भने।

उनले दाहालले कांग्रेस नेताहरूसँग विभिन्न रूपमा अीधरता प्रस्तुत गर्ने गरेको पनि बताए।

प्रकाशित: १७ वैशाख २०८२ १९:५२ बुधबार

#Pradeep Gynawali