राजनीति

रवि लामिछानेलाई थुनामा पठाउ अदालतको आदेश

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।

लामिछानेलाई शुक्रबार (आज) उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई थुनामा पठाएको अदालतका सूचना अधिकारी राम बहादुर कुँवरले नागरिकलाई बताए।

'जिल्ला अदालत रुपन्देहीको आदेशलाई बदर गरेर थुनामै राखेर अनुसन्धान गर्नका लागि आदेश भएको छ,' उनले भने।

जिल्ला अदालत रुपन्देहीले दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उनलाई जिल्ला अदालत रुपन्देहीको फैसला बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो।

प्रकाशित: २२ चैत्र २०८१ १९:५० शुक्रबार

#rabi lamichhane