राजनीति

संघीय संसदका दुई समितिको बैठक बस्दै

आज (बिहीबार) संघीय संसदका दुई समितिको बैठक बस्दै छ।

बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने संघीय संसद् सचिवालयले जानकरी दिएको छ। अपरान्ह १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बेठकमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल हुने छ। 

यस्तै, अपरान्ह १२:३० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको दफावार छलफलले निरन्तरता पाउने बताइएको छ।

प्रकाशित: १ फाल्गुन २०८१ ०७:४२ बिहीबार