राजनीति

कानूनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार

फाइल तस्बिर

नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।

बिहीबार बिहान एक्कासि रक्तचाप घटेपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको हो।

मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मुटुको चाप तलमाथि भइरहेकाले ‘हल्टर मोनिटर’ लगाएर ‘अब्जर्वेशन’ भइरहेको जानकारी दिए। मन्त्री गुरुङलाई हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरहेको छ। 

प्रकाशित: २६ श्रावण २०८० १५:४९ शुक्रबार

कानूनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ प्रेमप्रकाश केसी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर