राजनीति

समानुपातिक सांसदको नामावलीमा छानबिन गर्दै आयोग, सच्याउने समय आज र भोलि

निर्वाचन आयोगले समानुपातिक सांसदहरुको सूची सच्याउन दुई दिनको समय दिएको छ।

दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो।

दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए। उक्त नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ। नामावलीमाथि आजैबाट छानबिन सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: २५ मंसिर २०७९ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App