फोटो फिचर

म्यादी प्रहरीमा भर्ना खुल्यो (तस्बिरमा हेर्नुस्)

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना आजदेखि खुलेको छ। प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको थियो।

इच्छुक आवेदकले काठमाडौं उपत्यकास्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट  दरखास्त फारम लिन र बुझाउने सक्नेछन्।