उनीहरुले जेठ २३ गते घर नजिकै फुटबल खेल्न जाउँ भन्दै बालकलाई अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुवैजना दोलखा मार्बुका हुन्। अपहरणकारीले नजिकैको कृष्ण मन्दिर जंगलमा बालकलाई लगेर कुटपिट गरी मरेको ठानी खाडलमा पुरी बच्चा चाहिने भए ५० लाख लिई जेठ २५ गते सोमाबार १० बजे सिन्धुपाल्चोकको एकाईस किलोको काला पत्थरमा आउनु भनी बालकको परिवारलाई फोन तथा म्यासेज गरेका थिए। फिरौती रकम माग्ने उनीहरुलाई सूचना प्राप्त भएको ४ घण्टामै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार भक्तपुरको बालकोट र कौशलटारबाट पक्राउ गरेको थियो।
खाल्डोमा पुरेको २ घण्टा पछि बालक होसमा आई घटनास्थलबाट बिस्तारै घिसि्रँदै नजिकैको स्कुलमा आएर रुदैं गरेको अवस्थामा फेला परेका थिए। बालकलाई स्कुलका शिक्षकले उद्धार गरी मेडिकल कलेज अत्तार खेलमा ल्याएपछि मात्र बालकको परिवारले थाहा पाएका थिए।
घाँटी, आखाँ तथा छातीमा गम्भीर चोट लागेका बालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले अपहरणकारीको साथबाट फिरौती रकम माग गर्न प्रयोग गरेको ९८१६७४१८८९ नम्वरको मोवाइल १ थान र खुकुरी १ थान बरामद गरेको छ।उनीहरुलाई अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २५ जेष्ठ २०७२ ०२:४१ सोमबार



