अन्य

स्टन्टमा पोख्त

अभिनेत्री हेमा श्रेष्ठबारे बजारमा अहिले के सुनिन्छ भने उनी स्टन्टमा कुनै हिरोभन्दा कम छैनन्। म्युजिक भिडियो निर्देशन गर्दै आएका मिलन चाम्सले निर्देशन गरेको 'हँसिया' मा अभिनय गरेकी हेमाले उक्त फिल्ममा केही खतरनाक स्टन्टका साथै आइटम डान्ससमेत गरेकी छिन्।

तोक्वान्दो थर्ड डनसमेत रहेकी हेमा आगामी दिनमा पनि यस्तै स्टन्टवाला फिल्म खेल्ने बताउँछिन्। हिरोइनको स्टन्टकै कारण फिल्म चल्ला त भन्ने प्रश्नमा हेमाले भनिन्, 'स्टन्टमात्रै हैन, स्टोरी पनि राम्रो छ।'

प्रकाशित: ६ वैशाख २०७१ ००:३५ शनिबार