अन्य

बेपत्ता जेनिशा

फिल्म 'आधी बाटो' रिलिज नहुँदासम्म जेनिशा केसीको रवाफ हेर्नलायक थियो। फिल्मसँग सम्बन्धित हरेक कार्यक्रममा उपस्थित जेनिशाले आफूले अभिनयमा उधुम मच्चाएको भन्नसमेत बाँकी राखेकी थिइनन्।

उनका कुरा सुन्नेमध्ये कतिपयले 'होला' पनि भने। सँगै काम गरेकी अर्की नायिका अनु शाहलाई उनले वरिपरि पर्नै दिइनन्। उनको त्यो अभियानलाई निर्माता रमेश त्वयना र निर्देश सबिर श्रेष्ठले पनि राम्रै साथ दिए। 

जब फिल्म दर्शकको बीचमा आयो, दर्शकको के कुरा? सँगै काम गरेका प्राविधिकसमेत उनको आलोचना गर्न पछि परेनन्। उनले यति धेरै नखरा गर्नुको कारण अभिनयभन्दा पनि निर्माता त्वयनासँगको हिमचिम हो भन्नेहरू धेरै छन्।

निर्माताले नजिक राखे भन्दैमा यति धेरै फुर्ती नगरेको भए राम्रो हुन्थ्यो। फिल्म रिलिज भएपछि बेपत्ता हुनुभन्दा त पहिल्यै विचार पुर्यााएको भए बुद्धिमानी हुन्थ्यो।

प्रकाशित: ६ वैशाख २०७१ ००:३२ शनिबार