अन्य

चार व्यक्तित्व सम्मानित

काठमाडौं– मुलुकका लागि विशिष्ट योगदान पुर्‍याएका चार व्यक्तित्वलाई रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले सम्मानित गरेको छ।प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा चार विधामा सम्मानित व्यक्तित्वलाईं संस्कृतिविद सत्यमोहन जोशीले नगद तथा सम्मानपत्र प्रदान गरे। 
प्रतिष्ठानले एक लाख एक हजार एक सय एघार रुपैयाँ राशिको रु›प्रसाद ओली स्मृति कृषि पुरस्कार, २०१३ ले ललितपुर छम्पीका कृष्णबहादुर घिमिरेलाई सम्मानित गरेको छ। उनले बिउ उत्पादन मार्फत कृषि क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको प्रतिष्ठानको मूल्यांकन छ।
त्यसैगरी, गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार २०१३ द्वारा समाजसेवी भद्रकुमारी घलेलाई सम्मान गरिएको छ। अम्बिकादेवी ओली स्मृति पत्रकारिता तथा साहित्य पुरस्कार, २०१३ पत्रकार भैरव रिसालले पाएका छन्। दुवैको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ छ।
प्रतिष्ठानले ५१ हजार १ सय ११ रुपैयाँ राशिको देवी ओली स्मृति बाल पुरस्कार बालप्रतिभा शुभसन्देश गौतमलाई प्रदान गरिएको छ। 
संस्कृतिविद सत्यमोहन जोशीले सम्मानितहरुलाई नगद तथा सम्मानपत्र प्रदान गरेका थिए। प्रतिष्ठानले हरेक वर्ष विभिन्न चार विधामा पुरस्कार दिँदै आएको छ।

प्रकाशित: ५ वैशाख २०७१ २०:४६ शुक्रबार