अन्य

लोडसेडिङको हल्ला निराधार : कार्यकारी निर्देशक शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुने हल्ला निराधार भएको दाबी गरेका छन्।

बिहीबार (आज) विराटनगरमा आयोजित एक कार्यक्रमका बीच शाक्यले यस्तो बताएका हन्। 'लोडसेडिङबारे अनावश्यक रूपमा फैलिरहेको हल्ला निराधार हो,' उनले भने।

कार्यकारी निर्देशक शाक्यले विश्वसनीय विद्युत् आपूर्ति गरेर यस्ता हल्लालाई अन्त्य गरिने पनि बताए।

प्रकाशित: ८ जेष्ठ २०८२ १९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App