अन्तर्राष्ट्रिय

चीनको तटीय प्रान्तमा बावी आँधीको प्रकोप

यस वर्ष आएको बावी आँधी चीनको नजिक आउँदा पूर्वी चीनको तटीय प्रान्त झेजियांगले बुधबार टाइफुन आपतकालीन चेतावनी जारी गरेको छ। 

प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले तटीय इलाकाहरू र सम्बन्धित अधिकारीहरूलाई आँधीको फैलावटकोे नजिकबाट निगरानी गर्न र प्रमुख जहाजहरूका लागि आश्रयको व्यवस्था गर्न, बन्दरगाहहरूमा माछा मार्ने डुङ्गाहरू सुरक्षित गर्न, समुद्री मार्गहरू निलम्बन गर्न र समुद्री पर्यटन स्थलहरू बन्द गर्न पूर्ण तयारी गर्न आग्रह गरेको छ। 

झेजियांग मौसम विज्ञान सेवाका अनुसार बावी आँधी बुधबार विहान आठ बजे  ताइवानबाट करिब एक हजार ५८० किलोमिटर दक्षिणपूर्वमा पानी माथि अवस्थित थियो। 

आधी बुधवार राति बिस्तारै उत्तर–पश्चिमतिर फर्कनु अघि करिब १५ देखि २० किलोमिटर प्रति घण्टाको गतिमा पश्चिमतर्फ बढ्ने पूर्वानुमान गरिएको छ। 

प्रकाशित: २४ असार २०८३ १७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App