अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूमाथि पूर्ण नाकाबन्दीको आदेश दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भेनेजुएलामाथि ‘आतंकवाद, लागूऔषध तस्करी र मानव तस्करी’ मा संलग्न भएको आरोप लगाए। उनले लेखे, ‘त्यसैले आज म भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूमाथि पूर्ण र सम्पूर्ण नाकाबन्दीको आदेश दिँदैछु।’
यसअघि एक हप्ता अगाडि मात्रै अमेरिकाले भेनेजुएलाको तट नजिक एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको थियो। उक्त कदमलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ‘समुद्री डकैती’को संज्ञा दिएका थिए।
ट्रम्पको यस नयाँ आदेशपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो उतारचढाव आउने अनुमान गरिएको छ। अमेरिकाले क्यारिबियन क्षेत्रमा आफ्नो वायुसेना र नौसेना तैनाथ गरिसकेको छ। यसमा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी, जासुसी विमान तथा करिब १५ हजार सैनिकहरू समावेश छन्।यस क्षेत्रका विभिन्न डुंगामाथि अमेरिकाले आक्रमण गरेको जनाएको छ, जसमा हालसम्म ८० भन्दा बढी मानिसको ज्यान गएको छ। एजेन्सी
प्रकाशित: २ पुस २०८२ ०७:५६ बुधबार



