अन्तर्राष्ट्रिय

बैंककमा एक वृद्धले गोली चलाउँदा ६ जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैंककको एक खाद्य बजारमा एक ६१ वर्षीय वृद्धले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको छ। यसपछि आक्रमणकारीले आफैँलाई पनि गोली हानेका छन्।

यो घटना सोमबार बैंककको प्रसिद्ध ओर टो कोर बजारमा भएको हो। यो पर्यटकहरूमाझ धेरै लोकप्रिय छ।

प्रहरीका अनुसार आक्रमणकारीको पहिचान मिस्टर नोईको रूपमा गरिएको छ। उनी घटनास्थलमै मृत फेला परेका थिए। बैंककको बाङ सु जिल्लाका उपप्रहरी प्रमुख भोरापत सुकथाईले यसलाई हाल सामूहिक गोलीबारी भएको रूपमा हेरिएको बताए। आक्रमणकारीको उद्देश्यको अनुसन्धान भइरहेको बताए।

प्रहरीले गोलीबारी थाइल्याण्ड-कम्बोडिया सीमामा भइरहेको झडपसँग सम्बन्धित छ कि छैन भनेर पनि अनुसन्धान गरिरहेको छ। एजेन्सी

प्रकाशित: १२ श्रावण २०८२ १३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App