अन्तर्राष्ट्रिय

फिनल्याण्डका सांसदले गरे संसदभित्रै आत्महत्या

फिनल्याण्डको संसद भवनभित्र ३० वर्षीय सांसद ईमेली पेल्टोननले आत्महत्या गरेका छन्। उनी सामाजिक लोकतान्त्रिक पार्टी (एसडीपी)का सांसद थिए।

आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा पेल्टोननले आफू मिर्गौला रोगबाट पीडित भएको बताएका थिए। यसपछि, अर्को रोगका कारण उनले संसदीय कामबाट बिदा लिनुपरेको थियो।

पेल्टोनेन २०२३ को चुनावमा ५७४७ मत प्राप्त गरेर सांसद बनेका थिए। उनी संसदका केही समितिहरूमा काम गर्थे। उनी जार्वेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कान्छा बोर्ड अध्यक्ष पनि थिए।

एसडीपी नेता टिटी टुपुराइनेनले भने, 'ईमेलीको मृत्युबाट हामी धेरै दुखी छौं। उहाँ सबैको मायालु हुनुहुन्थ्यो। यति सानो उमेरमा उहाँको निधन हुनु दुःखद छ।'

पूर्व रक्षामन्त्री एन्टी काइकोनेनले एक्समा लेखे, 'ईमेली एक आशाजनक सांसद थिए। उनी धेरै राम्रो र दयालु व्यक्ति थिए।'

प्रहरीले मृत्युको कारण अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार यस घटनामा कुनै आपराधिक कोणको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।

प्रकाशित: ४ भाद्र २०८२ ०८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App