अन्तर्राष्ट्रिय

चिनियाँ विदेशमन्त्रीले दिए मोदीलाई चीन भ्रमणको निम्तो

चीनका विदेशमन्त्री वाङ यीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका हुन्।

प्रधानमन्त्री कार्यालयको विज्ञप्ति अनुसार वाङ यीले चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश र तियानजिनमा हुने एससीओ शिखर सम्मेलनको निमन्त्रणा मोदीलाई हस्तान्तरण गरेका छन्।

मोदीले राष्ट्रपति सीलाई निमन्त्रणाको लागि धन्यवाद दिए र सहमति जनाए।

मोदीले भेटको तस्बिर साझा गर्दै लेखेका छन्, ‘विदेशमन्त्री वाङ यीलाई भेट्न पाउँदा खुसी लाग्यो। गत वर्ष कजानमा राष्ट्रपति सीसँगको मेरो भेटपछि, भारत-चीन सम्बन्धले पारस्परिक हित र संवेदनशील मुद्दाहरूको सम्मान गर्दै निरन्तर प्रगति गरेको छ। म एससीओ शिखर सम्मेलनको क्रममा तियानजिनमा हुने हाम्रो अर्को भेटको लागि पर्खाइमा छु।’

मोदीले भारत र चीनबिचको बलियो र सकारात्मक सम्बन्धले क्षेत्रीय र विश्व शान्ति तथा विकासलाई प्रवर्द्धन गर्ने बताएका छन्। एजेन्सी

प्रकाशित: ३ भाद्र २०८२ २१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App