अन्तर्राष्ट्रिय

ट्रम्पलाई टर्कीका राष्ट्रपतिको जवाफ : प्यालेस्टिनीलाई विस्थापित गर्ने शक्ति कसैसँग छैन

फाइल तस्विर

टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानले प्यालेस्टिनीहरूलाई उनीहरूको मातृभूमिबाट विस्थापित गर्ने शक्ति कसैसँग नरहेको स्पष्ट पारेका छन्।

एर्दोगानले तीन राष्ट्रको एशिया भ्रमणको लागि प्रस्थान गर्नुअघि इस्तानबुलमा पत्रकार सम्मेलन गर्दै यस्तो टिप्पणी गरेका हुन्। गाजावासीहरूलाई उनीहरूको प्राचीन र अनन्त मातृभूमिबाट निष्कासन गर्ने शक्ति कसैसँग नरहेको उनको दाबी छ। गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलम सबै प्यालेस्टिनीहरूको भएको पनि उनले स्पष्ट पारे। 

उनको यो बयान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको टिप्पणीको जवाफमा आएको हो। ट्रम्प र नेतन्याहूले युद्धग्रस्त गाजाबाट प्यालेस्टिनीहरूलाई विस्थापित गरेर सो क्षेत्र अमेरिकाले कब्जा गर्ने बताएका थिए। 

यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय आक्रोश निम्त्याएको छ। धेरै देशहरूले प्यालेस्टिनीहरूलाई आफ्नो मातृभूमिबाट विस्थापित गर्ने कुरालाई अस्वीकार गरेका छन्। समस्या समाधानका लागि दुई–राज्य समाधानको बाटोमा जानुपर्ने तर्क गरिएको छ। एजेन्सी

प्रकाशित: २८ माघ २०८१ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App