कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण भएका छन्।
विश्वविद्यालयले बुधबार स्थापना दिवसको अवसरमा सो कुरा बाहिर ल्याएको हो।
विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । सो विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुविरसिंहले कृषि स्नातकमा तीन हजार १४ जना, कृषि स्नातकोत्तरमा ८८८ जना र कृषि विद्यावारिधिमा ५४ जना विद्यार्थी उत्तीर्ण भएका बताए।
यसैगरी, पशुचिकित्सा तथा पशुपालन स्नातकमा ३८८ जना, पशु चिकित्सा स्नातकोत्तरमा २०१ जना, पशुविज्ञान स्नातकोत्तरमा १११ जना र पशुचिकित्सा तथा पशुविज्ञान विद्यावारिधिमा १० जना विद्यार्थी उत्तीर्ण भएका छन्।
प्रा डा सिंहले मत्स्यविज्ञान स्नातकमा ११३ जना, मत्स्यविज्ञान स्नातकोत्तरमा ५० जना र मत्स्यविज्ञान विद्यावारिधिमा चार जना विद्यार्थी उत्तीर्ण भएका छन्।
यस्तै वनविज्ञान स्नातकमा ८९३ जना, स्नातकोत्तरमा १७६ जना र विद्यावारिधि चार जनाले उतिर्ण गरेका छन्। तीन वटै सङ्कायको स्नातकमा चार हजार ४०८ जना, स्नातकोत्तरमा १४२६ जना र विद्यावारिधिमा ७२ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
पाँच हजार ९०६ जना उत्तीर्ण विद्यार्थीमध्ये अधिकांशजसो स्नातक, स्नातकोत्तर र विद्यावारिधिमा सोही विश्वविद्यालयका विद्यार्थी उत्तीर्ण भएका हुन् भने केही बाहिरी देशबाट पनि उत्तीर्ण भएका हुन्।
प्रकाशित: ३ असार २०८३ १०:४५ बुधबार


-600x400.jpg)
