शिक्षा

विद्यालयमा कुलपति कार्यक्रम

कम्युनिटी वेयलफियर स्कुल, लालबन्दी, सर्लाहीले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘विद्यालयमा कुलपति’ कार्यक्रमको आयोजना गरेकाे छ।

कार्यक्रममा कुलपति राईले विद्यालयसँग प्राज्ञिक कर्म र प्रज्ञाप्रतिष्ठानलाई जोड्ने उद्देश्यले भएकाे कार्यक्रम उपलब्धिमूलक हुने बताए। कुनै पनि मुलुक वा समाजको भाषा, साहित्य, संस्कृति र कला सफ्टपावर हो। जसरी कम्प्युटर सञ्चालन गर्न सफ्टवयर महत्त्वपूर्ण हुन्छ, त्यसैगरी देश सञ्चालनका लागि साहित्य र कलाको आवश्यकता पर्ने पनि उनले बताए।

उक्त कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञाप्रतिष्ठानका प्रज्ञासभा सदस्य चेतनाथ धमलाले प्रज्ञाप्रतिष्ठानलाई विभिन्न शैक्षिक संस्था र गाउँगाउँमा पुर्याउने उद्देश्यले ‘विद्यालयमा कुलपति कार्यक्रम सञ्चालन गरेर ज्ञानको थलोको रूपमा रहेको प्रतिष्ठानलाई चिनाउने उद्देश्यले यस्ता कार्यक्रम भइरहेको बताए।

उक्त स्कुलका भाइस प्रिन्सिपल जगदीश कँडेलले स्वागत मन्तव्य र शिक्षिका कोमल अधिकारीले उद्घोषण गरेकी थिइन्। त्यसपछि उक्त विद्यालयका विद्यार्थीसँग अन्तर्क्रिया कार्यक्रम भएको थियो।

प्रकाशित: १५ मंसिर २०८१ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App