अर्थ

राजस्व सङ्कलन लक्ष्यभन्दा कम, फागुनसम्म ८२.६० प्रतिशत मात्र प्राप्त

चालु आर्थिक वर्ष २०८२ ८३ को फागुन मसान्तसम्म सरकारको राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन। वार्षिक लक्ष्यको तुलनामा हालसम्म करिब ८२.६ प्रतिशत मात्र राजस्व उठेको देखिएको छ। 

राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस)का अनुसार चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ। फागुन मसान्तसम्मको लक्ष्य भने ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ थियो। 

तर फागुन ३० गतेसम्म सरकारले कुल ७ खर्ब ५२ अर्ब ५८ करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गर्न सकेको छ, जुन लक्ष्यको ८२.६ प्रतिशत हो।

फागुन महिनाका लागि ९६ अर्ब ५७ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ८२ अर्ब ५३ करोड रुपैयाँ राजस्व उठेको छ । यो लक्ष्यको ८५.४६ प्रतिशत हो। फागुन ३० गते मात्र ७४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको तथ्यांकले देखाएको छ। 

गत आर्थिक वर्ष २०८१ ८२ को सोही अवधिसँग तुलना गर्दा चालु वर्षको राजस्व सङ्कलन केही बढी देखिन्छ। गत वर्ष वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राखिएको थियो भने फागुनसम्मको लक्ष्य ८ खर्ब ६५ अर्ब ८१ करोड रुपैयाँ थियो। 

त्यतिबेला फागुन २९ गतेसम्म कुल ७ खर्ब २१ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने फागुन महिनामा मात्रै ७८ अर्ब ७५ करोड रुपैयाँ उठेको थियो।

प्रकाशित: १ चैत्र २०८२ १६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App