अर्थ

सबै कुराका लागि बजेट कुर्नुपर्दैन: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले सबै कुराका लागि बजेट कुर्नु नपर्ने बताएका छन् ।  

आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण तथा अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले मन्त्रिपरिषद्बाट पनि नीतिगत निर्णय लिने बताए ।  

उनले भने, ‘सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन। मन्त्रिपरिषद्बाट पनि नीतिगत निर्णयहरू गर्न सक्छौँ। अर्थ मन्त्रालयबाट पनि गर्न सक्छौँ। यसरी रिफर्म गर्दै जाने हो। यो पहिलो वर्ष हामीले धेरै समय पाएनौँ। चैतको बीचमा आयौँ, जेठको बीचमै बजेट ल्याउनुपर्ने भएकाले तीन–चार हप्ताभन्दा बढी मेहनत गर्न पाएनौँ। तर हामी दाबीका साथ भन्छौँ, २०४८ सालपछि यति उदार, होल प्याराडाइम नै सिफ्ट गर्ने गरी उद्यमी–व्यवसायीप्रति दोहोरो चरित्र त्यागेका हौँ। पहिला के हुन्थ्यो भने भाषणमा, कागजमा समाजवाद उन्मुख भनेको छ । निजी क्षेत्र भनेको त सबै अवाञ्छित लाभ लिएको वर्ग भनेर गाली पनि गरेको छ। फेरि उनीहरूबाटै सहयोग लिएको छ आफ्नो राजनीति चलाउनलाई। सबै डबल स्ट्यान्डर्ड, हिपोक्रेसी हामीले फालिदिएका हौँ। जे हो, त्यो बोलौँ भनेर हामीले गरेका हौँ।’

प्रकाशित: ३ असार २०८३ १८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App