कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ५.३२ अंक, फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंकले बढेको छ।
नेप्सेसँगै शुक्रबार कारोबार रकममा पनि बिहीबारको तुलनामा एक अर्ब २५ करोडले वृद्धि भएको छ। ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार नेप्सेमा ५ अर्ब ४९ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
शुक्रबार स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ भने हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको कुमारी बैंकको ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको २७ करोड र ग्लोबल आइएमई बैंकको २३ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
शुक्रबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूह वित्त र अन्य उपसमूहको परिसूचकसामान्य अंक घटेको छ।
प्रकाशित: २ आश्विन २०८३ १६:२८ शुक्रबार



