रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि रु पाँच अर्ब बजेट स्रोत सुनिश्चित भएको छ।
पूर्वाधार विकास मन्त्रालयले रामेछापको विकास, समृद्धि तथा पर्यटन पूर्वाधार विस्तारका दृष्टिले महत्वपूर्ण आयोजनाका रूपमा यसलाई अघि बढाइएको हो।
रामेछापका सङ्घीय सांसद डा कृष्णहरि बुढाथोकीले सो आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए।
रामेछापलाई हिमाली पर्यटनको महत्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्न, स्थानीय उत्पादन तथा पर्यटन व्यवसाय प्रवर्द्धन गर्न र रोजगारीका अवसर सिर्जना गर्न आायोजनाले योगदान गर्नेछ।
अर्थ समितिका सभापति डा बुढाथोकीले रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधारक्षेत्र जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि बजेट स्रोत सुनिश्चित हुनु रामेछापवासीका लागि खुसीको विषय भएको बताए।
‘यो आयोजना रामेछापको समृद्धिसँग मात्र नभई नेपालको पर्यटन विकास, आर्थिक गतिविधि विस्तार र राष्ट्रिय समृद्धिसँग जोडिएको छ,’ उनले भने।
आगामी दिनमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी रामेछाप हुँदै सगरमाथा आधार शिविरसम्म सडकमार्गबाट सहज यात्रा गर्न सकिने उनले उल्लेख गरे।
प्रकाशित: १० मंसिर २०८३ १६:४९ बिहीबार
-600x400.jpg)


